सिनेमा

रनवीर र दीपिका बने ट्रोलको सिकार

इकागज |
कात्तिक १२, २०८० आइतबार १६:९ बजे

मुम्बई-  पहिलाको सिजनझैँ ‘कफी विथ करण’को नयाँ सिजनले पनि ट्रोलरलाई प्रशस्त खुराक दिएको छ । आठौँ सिजनको पहिलो भागमा देखा परेका रनवीर सिंह र दीपिका पादुकोनले प्रेमदेखि विवाहसम्मका किस्सा सुनाउने क्रममा दुवैको इमेज विपरितका कुरा साझा गरेपछि ट्रोलरले रनवीर र दीपिकालाई निशाना बनाएका छन् ।

करण जोहरको चर्चित शो ‘कफी विथ करण’ मा दीपिकाले आफू  रणवीरसँग पनि गम्भीर सम्बन्धमा नभएको बताएपछि ट्रोल भएकी हुन्।​दीपिकाले भनेकी थिइन्, ‘ हामी एक अर्कासँग भेट पनि गरिरहेका थियौँ तर टेक्निकल्ली कमिटेड थिएनौँ । म रनवीरसँगै अरुलाई पनि भेटिरहेकी थिएँ तर मेन्ट्ल्ली रनवीरसँगै कमिटेड थिएँ । जता बरालिए पनि फर्केर रनवीर भाठाउँ नै आइरहेको थिएँ । तर जब उनले मलाई विवाहको प्रस्ताव राखे, म गम्भीर भएँ ।’


दीपिकाले थप भनिन्, ‘म अविवाहित नै रहन चाहन्थें किनभने म दुईवटा कठिन सम्बन्धबाट बाहिर आएकी थिएँ । म कसैप्रति प्रतिबद्ध हुन चाहन्नथें ।’​दीपिका कुनै  समय रनवीर कपुरसँग गहिरो प्रेममा थिइन् । दीपिकाले मिडियामा रनवीर कपुरले धोका दिएको आसयको कुरा गरेकी थिइन् ।

अहिले दीपिकालाई धेरैले रनवीर कपुरलाई दोष दिने बेलामा सति सावित्री बनेको तर असली चरित्र अर्कै रहेको भन्दै मजाक गरिरहेका छन् । उता रनवीरले पनि दीपिकासँगको पहिलो भेटको कथा सुनाउने क्रममा अनुष्का शर्मासँगको भेटको कथा दुरुस्त सुनाएकाले रनवीर पनि ट्रोल बनिरहेका छन् ।

 

 


Author

थप समाचार
x