सिनेमा

अजय देवगनको ‘सिंगम अगेन’मा एक्सन हिरोको भिड

इकागज |
कात्तिक १३, २०८० सोमबार १३:४३ बजे

मुम्बई - रोहित सेठ्ठीको कप युनिभर्स ‘सिंगम अगेन’मा रनवीर सिंह पनि जोडिएका छन् । निर्माण टिमले सोमबार उनको उपस्थिति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो । अजय देवगनको मुख्य भूमिका रहने फिल्मका दुई शृंखलामा भिलेनसँग भिड्ने काम अजय एक्लैले गरेका थिए । तेस्रो शृंखलामा भने एक्सन हिरोको भिड नै देखिने भएको छ । 

फिल्ममा यसअघि नै अक्षयकुमारको प्रवेश भइसकेको छ । यसमा रनवीर सिंहको प्रवेश अपेक्षित मानिएको थियो किनकि रनवीरले रोहित सेठ्ठीको निर्देशनमा ‘सिम्बा’मा काम गरिसकेका थिए । तर यो भिडमा टाइगर श्राफको प्रवेश भने धेरैलाई छक्क पार्ने खालको थियो । टाइगरले रोहित सेठ्ठीसँग पहिलो पटक काम गर्न लागेका हुन् । अक्षय, अजय र रनवीरले भने ‘सूर्यवंशी’मा सँगै काम गरेका थिए ।


फिल्ममा विक्की कौशलको पनि अभिनय रहने चर्चा छ । फिल्ममा दीपिका पादुकोन पनि थपिएकी छिन् । करिना कपुर भने दोस्रो शृंखलादेखि यसमा जोडिएकी हुन् जसले यो भागमा पनि निरन्तरता पाएकी छिन् । यसको पहिलो भाग सन् २०११ मा रिलिज भएको थियो ।


Author

थप समाचार
x