सिनेमा

चलचित्र ‘दिमाग खराब’बाट कुशल भुर्तेलले पाए ६० हजार

इकागज |
कात्तिक १३, २०८० सोमबार १७:६ बजे

कुशललाई नगद हस्तान्तरण गर्दे क्यान अध्यक्ष चतुरबहादुर चन्द र निर्माता रौनक कँडेल

काठमाडौँ - आजबाट सुरु भएको टि–२० विश्वकप छनौट प्रतियोगितामा ‘म्यान अफ द म्याच’ बन्ने र टिमलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडीलाई पुरस्कार  प्रदान गर्ने  घोषणा गरेको चलचित्र ‘दिमाग खराब’ले घोषणा अनुरुप पहिलो दिन पुरस्कार प्रदान गरेको छ । पहिलो दिन सिंगापुरलाई ८ विकेटले हराएको नेपालका लागि कुशल भुर्तेलले ७४ रनको पारी खेलेका थिए । यही पारीका कारण म्यान अफ म्याच घोषित कुशल भुर्तेलले  ‘दिमाग खराब म्यान अफ दी म्याच’ अवार्ड प्राप्त गरेका छन् । सो वापत् उनले ५० हजार नगद हात पारे । उनलाई निर्माता रौनक विक्रम कँडेलले नगद हस्तान्तरण गरेका थिए

पुरस्कार रकम चलचित्रको टिमले प्रदान गर्ने भए पनि यसको निर्णय गर्ने अधिकार भने नेपाल क्रिकेट एसोसिएसनलाई दिइएको थियो । सो अनुरुप खेलमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ‘दिमाग खराब सेग्मेन्ट अफ दी डे’ को पुरस्कार पनि कुशललाई नै प्रदान गरिएको छ । यसको रकम १० हजार रहेको थियो ।


चलचित्र कात्तिक २४ बाट सार्वजनिक प्रदर्शन हुँदैछ । आम मानिस र नेताबीचको लडाइँको कथा भनिएको चलचित्रमा दयाहाङ राई खगेन्द्र लामिछाने अर्पण थापा स्वस्तिमा खड्का आदि कलाकारको अभिनय रहेको छ । आकाश बरालको लेखन र सुशन प्रजापतिको छायांकन रहेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।


Author

थप समाचार
x