सिनेमा

अनमोलको ‘छड्के २’ले युट्युबमा पनि दर्शक पाएन

इकागज |
कात्तिक १४, २०८० मंगलबार १०:५८ बजे

काठमाडौँ - हलमा फ्लप भएका चलचित्र युट्युबमा हिट हुन्छन् । हिजोका दिनमा हलमा नचलेका थुप्रै चलचित्रले युट्युबमा आश्चर्यजनक रुपमा दर्शक पाएका प्रशस्त उदाहरण छन् । तर गत वर्ष हलमा नराम्ररी फ्लप भएको अनमोल केसीको चलचित्र ‘छड्के २’ले युट्युबमा पनि दर्शक पाएको छैन । 

दसैँको अवसर पारेर १० दिन अघि रिलिज भएको चलचित्रले जम्मा १७ लाख दर्शक पाएको छ । अनमोलको स्टारडम र हल्लाका बीच रिलिज भएको चलचित्रले हलमा पनि जम्मा २२ लाखको व्यापार गरेको थियो । 


युट्युब कमेन्टमा भने धेरैले रविन तामाङको सम्झना गरेका छन् । केही महिना पहिले उनको हृदयघातका कारण मृत्यु भएको थियो । त्योबाहेक केही दर्शकले भने फिल्म जे जस्तो भए पनि अनमोलको अभिनयमा सुधार आएको प्रतिक्रिया दिएका छन् ।  

अनमोलले पाएको दर्शक किन पनि कम हो भने यही समयमा रिलिज भएका अन्य नेपाली चलचित्रले तुलनात्मक रुपमा प्रशस्त दर्शक पाएका छन् । ठ्याक्कै १० दिन अघि नै रिलिज भएको चलचित्र ‘फूलबारी’ ५४ लाख दर्शक पाएको छन् भने ‘रोमियो एन्ड मुना’ले १० लाख । यसैगरी ‘भेरै’ले पनि १० लाख हाराहारी दर्शक पाएको छ । यही समयमा ‘चिसो एस्ट्रे पनि रिलिज भएको थियो ।


Author

थप समाचार
x