सिनेमा

माघ २६ मा फेरि एक पटक दया भर्सेज दया

इकागज |
कात्तिक १४, २०८० मंगलबार ११:२७ बजे

काठमाडौँ - दयाहाङ राईले यति धेरै फिल्ममा अभिनय गरिरहेका छन् कि हरेक हप्ता दयाका फिल्म रिलिज हुने अवस्था छ । यही बीचमा बिदा पनि पर्ने हो भने त दया आफैँसँग जुध्ने पक्का जस्तै छ । 

यही नयाँ वर्षको सुरुवातमा दयाका दुई फिल्म एकै दिन रिलिज भएका थिए । नयाँ वर्षको बिदाको मौका छोप्ने उद्देश्यसहित ‘जारी’ र ‘ बिहे पास’ एकै दिन रिलिज भएका थिए । जसमा ‘जारी’ले ‘बिहे पास’लाई उछिन्दै १८ करोड हाराहारीको व्यापार गरेको थियो ।


अहिले फेरि माघ २६ मा दया आफ्नै फिल्मसँग भिड्ने भएका छन् । यो मितिमा दयाका ‘हात्तिछाप’ र ‘दयारानी’ रिलिज हुने भएका छन् । दयासँगै सौगातको पनि मुख्य भूमिका रहेको ‘हात्तिछाप’ले सबैभन्दा पहिलो माघ २६ लाई प्रदर्शन मिति तोकेको थियो । अहिले सोही मितिमा दया र दिया पुन अभिनित ‘दयारानी’ प्रदर्शन हुने भएको हो । 

तर अझ अनौठो कुरा त के छ भने यही मितिमा बाँकी २ फिल्मले पनि प्रदर्शन हुने घोषणा गरेका छन् । माघ २६ मै ‘उपहार’ र ‘हनी बनी’ले पनि प्रदर्शन मिति घोषणा गरेको छ । 


Author

थप समाचार
x