सिनेमा

'परदेशी २' ले वर्षा  सिवाकोटीलाई राहत

इकागज |
कात्तिक १४, २०८० मंगलबार १२:५० बजे

काठमाडौँ- अभिनेत्री वर्षा सिवाकोटीलाई नेपाली फिल्म क्षेत्रको ‘अनलक्की’ अभिनेत्री मानिन्छ । डेव्यु फिल्म 'नाई नभन्नु ल २' र 'पशुपति प्रसाद' बाहेक उनले अभिनय गरेका अधिकांस फिल्म लगातार असफल भएपछि वर्षालाई ‘अनलक्की’को रुपमा हेरिएको ।

आफूले अभिनय गरेका फिल्म असफल भएपनि वर्षालाई फिल्मको अभाव भने भएन । उनले हरेक बर्ष १/२ वटा फिल्ममा काम गरिरहेकी छिन् । उनको अभिनय र सुन्दरताको तारिफ हरेक  फिल्ममा हुने गरेको छ । जसले गर्दा उनलाई काम अभाव कहिले भएन ।


तर पनि एउटा हिटको खोजीमा रहेकी वर्षाले  ‘परदेशी २’बाट यो कमी पूरा गरेकी छिन् ।  नारायण रायमाझी निर्देशित यो सामाजिक फिल्मले दर्शकको मन जितेको छ । समीक्षकबाट उति धेरै तारिफ नपाएको फिल्मले विदाको मौका छोप्दै लगानी उठाउने गरी व्यापार गरेको हो ।   फिल्ममा वर्षाले लुजाको भूमिका निर्वाह गरेका  छन् ।

दसैँको छेको पारेर रिलिज भएको फिल्म ‘परदेशी २’ ले लगानी उठाएपछि वर्षालाई ठूलो राहत मिलेको छ । आउँदो वर्ष वर्षाको ‘काजी’ रिलिज हुनेछ । यो सिनेमामा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिएको छ । 

 


Author

थप समाचार
x