सिनेमा

मङ्सिर २९ मा साइको थ्रिलर विधाको 'जम्प'

इकागज |
कात्तिक १४, २०८० मंगलबार १६:२० बजे

काठमाडौँ- आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’ को प्रदर्शन मिति तय भएको छ । पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउने निर्माण कम्पनीले जनाएको छ ।

साइको थ्रिलर विधामा बनेको  फिल्मले पेसाले एथलेट युवकको कथा प्रस्तुत गर्छ । कथानुसार राष्ट्रिय धावक बनेका मुख्यपात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । आफ्नो विगत दबाएर राखिएका अनुभूतिहरूले उसलाई पिरोल्न थाल्छन् । यससँगै आएका ट्विस्टहरू र भ्रष्टचारको जालो वरपर यो चलचित्र रुमल्लिन्छ ।


इशा खड्का कार्यकारी निर्माता रहेको चलचित्र ‘जम्प’ले नेपाली चलचित्रमा नयाँ लहरको उत्प्रेरकको रुपमा काम गर्दै रचनात्मक कथा कथन र नवीनताको पुनर्जागरण गर्ने टिमको दाबी छ । चलचित्रमा सरोज श्रेष्ठ,सन्देश शाक्य,बिनिता थापा मगर,मन्जिल जिसी,सगुन तामाङ,रोशनी स्याङ्ग्बो,शंकर महर्जन र प्रवल कँडेलको मुख्य भूमिका रहेको छ । 

क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन् । चलचित्र  वितरणको जिम्मा गोविन्द शाहीले लिएका छन् ।


Author

थप समाचार
x