सिनेमा

पाकिस्तानी टिभीमा अब अँगालो मार्न पनि प्रतिबन्ध

इकागज |
कात्तिक ६, २०७८ शनिबार १७:१६ बजे

कराँची - पाकिस्तानको इलेक्ट्रोनिक मिडिया रेगुलेटोरी अथोरिटी (पेमरा)ले स्थानीय केबल टेलिभिजनलाई अँगालो मारेका तथा सुम्सुम्याएको दृश्य नदेखाउन सूचना जारी गरेको छ ।

टेलिभिजनमा देखाइने यस्ता दृश्यका विरुद्ध व्यापक गुनासो आएको भन्दै पेमराले स्थानीय केबल टेलिभिजनलाई यस्ता दृश्य काँटछाँट गरेर मात्र देखाउन निर्देशन दिएको हो । पेमराले जारी गरेको सूचनामा काँटछाँट गर्नुपर्ने दृश्यको सूची लामो रहेको छ ।


‘ अंग देखिने लुगा, सुमसुम्याइ, अन्तरंग दृश्य, कामुक हाउभाउ, संवेदनशील तथा विवादास्पद कथा र सन्दर्भ र सर्वस्वीकार्य मान्यतामा खलल पुर्याउने दृश्य आदि देखाउने नपाइने भएको छ,’ पेमराले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ । 

पेमराले यो सूचना नयाँ नभई बेला बखतमा सार्वजनिक हुँदै आएको सूचनाकै निरन्तरता भएको बताएको छ । यस्तो निर्णय गर्नुको पछाडि पेमराले सर्वसाधारणको गुनासोलाई मुख्य कारण बताएको छ । पेमराका अनुसार यस्ता दृश्य ह्वाट्सएप समूहमा छरपस्ट हुने गरेको र यसले समाजका मूल्य मान्यतालाई प्रतिनिधित्व गर्दैनन् ।

ज्य नियन्त्रित यो निकायले फिल्म तथा सिरियलमा देखाइने यस्ता दृश्यले इस्लामिक धर्मको मान्यतालाई चुनौती दिएको भन्दै यस्ता दृश्य सेन्सर गर्न आदेश दिएको हो । नगरेको पाइएमा प्रसारण लाइसेन्स खारेज गरिने पनि सूचनामा उल्लेख छ ।


Author

थप समाचार
x