सिनेमा

युट्युब ट्रेन्डिङमा सलोनको हयाट्रिक

इकागज |
मंसिर १४, २०७८ मंगलबार १६:४६ बजे

काठमाडौँ -  बाल कलाकारको रुपमा अभियन थालेका सलोन बस्नेत यस्ता कलाकार बनेका छन् जसको उपस्थितिविना निर्माताले फिल्म बनाउने रहर गर्दैनन् । सलोन यस्तोमा पनि खास गरी त्यस्तो फिल्मका रोज्जा कलाकार हुन् जुन प्रेमकथा होस् र नयाँ पुस्ताका कलाकारको बाहुल्य होस् । 

बाल कलाकार छाडेर एडल्ट भएपछि फिल्म गर्दा सलोनले अनमोल केसीको ‘होस्टल’बाट ‘सेकेन्ड फिडल’ वाला भूमिका खेलेका थिए । तर पहिलो फिल्मबाट नै सलोन यो भूमिकामा यसरी टाइपकास्ट भए कि, योबाहेकमन भूमिकामा दर्शक  सलोनलाई देख्नै नपरेहुन्थ्यो भन्छन् ।


सलोनलाई मुख्य भूमिकामा लिएर केही निर्माताले फिल्म बनाउने आँट गरे, तर उनीहरूको आँटलाई दर्शकले भने धाप मारेनन् । तर, यसको ठीक उल्टो उनी हिरोको साथी वा सहायक भूमिकामा देखिएका फिल्ममा भने हिरो हैन सलोनले नै चर्चा पाउने गरेका छन् ।

यसको ताजा उदाहरण हो, युट्युब ट्रेन्डिङमा देखिएका फिल्म । युट्युबको ट्रेन्डिङमा अहिले सलोन बस्नेत अभीनित तीन फिल्म परेका छन् । अहिले युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको ‘हजार जुनीसम्म’ त भइहाल्यो केही समयअघि एक र दुई नम्बरमा रहेका ‘यात्रा’ र ‘लम्फू’मा पनि सलोन बस्नेत महत्वपूर्ण भूमिकामा छन् । 

केही दिनअघिसम्म युट्युब ट्रेन्डिङमा रहेका ‘यात्रा’ र ‘लम्फू’ अहिले पनि ट्रेन्डिङको १३ र १४ मा छन् । यति मात्र होइन तीनै फिल्ममा सलोनको कामलाई पनि दर्शकले रुचाएका छन् । खासगरी ‘लम्फू’को भूमिकामा भने सधैं हँसाउने सलोनले रुवाएको पनि प्रतिक्रिया पाएका छन् । 


Author

थप समाचार
x