सिनेमा

भगवान मान्छे बन्ने कथामा ‘ईओजी’ टिजर

इकागज |
मंसिर १८, २०७८ शनिबार १३:१२ बजे

काठमाडौँ - भगवानलाई मान्छे बन्न मन लाग्यो र मान्छे बनेर धर्तीमा आए भने के होला ? प्रकु पाण्डेले यही कल्पनामा तयार गरेको फिल्म ‘ईओजी (एरर्स अफ गड)’ को टिजर सार्वजनिक गरिएको छ । 

कलासी प्रोडक्सनको निर्माणमा बनेको यस चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । चलचित्रमा विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतीक दुलाल, अस्मिता खनाल लगायत रंगमञ्चका पचासभन्दा बढी कलाकारहरूको अभिनय रहेको छ । 


संगीत सापकोटाको लेखन र सगुन पोख्रेलको निर्माण रहेको चलचित्रमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानको कथालाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको छ । 

निर्देशक प्रकु पाण्डेले भगवानले मानिसले जस्तो जीवन बाँच्न खोज्दा कस्ता समस्या आइपर्छन् भन्ने विषयलाई रमाइलो गरी प्रस्तुत गरेको बताए । उनले फिल्मको प्रदर्शन मिति केही दिनमै सार्वजनिक गरिने बताए । क्राइसिस ज्याक (कृष्ण) को छायांकन रहेको यस चलचित्रमा रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।

 


Author

थप समाचार
x