सिनेमा

मलयालम फिल्ममा स्वस्तिमा आइटम गर्ल

इकागज |
पुस ३०, २०७८ शुक्रबार ९:० बजे

काठमाडौँ - स्वस्तिामा खड्काले दक्षिण भारतीय फिल्म गर्न लागेको खबर  नेपाली अभिनेत्रीका लागि दक्षिण भारतका फिल्ममा अवसरको सुरुवात हुन सक्ने अपेक्षा गरिएको थियो । नेपालमा यसको हल्ला खल्ला पनि भएको थियो तर ‘थिरिमाली’ शीर्षकको यो फिल्मको ट्रेलरले भने दर्शकलाई निराश बनाउँछ ।

स्वस्तिमालाई गतिलै भूमिकामा अपेक्षा गरेका नेपाली दर्शक जिल्ल पर्ने गरी स्वस्तिमा आइटम गीतमा झल्याकझुलुक मात्र देखापर्छिन् । भोलि फिल्म आउँदा स्वस्तिमाको भूमिका फरक भए बेग्लै हो नत्र भने ट्रेलरले चाहिँ फिल्ममा स्वस्तिमा आइटम गर्न मात्र रहेको संकेत गर्छ । यो फिल्ममा स्वस्तिमाले काम गर्ने घोषणा हुँदा लिडमै अभिनय गर्न लागेको हो कि भनेर जसरी चर्चा भएको थियो । 


इसैगरी फिल्ममा रहेका अर्का कलाकार माओत्से गुरुङ पनि ट्रेलरमा एक सट मात्र उठाएका छन् । फिल्ममा उमेश तामाङ पनि छन् । ट्रेलर हेर्दा स्वस्तिमाले आइटम गर्लको भूमिका निर्वाह गरेको आभाष हुन्छ ।

मलयालम भाषामा बनेको यो फिल्मले केरलाबाट भागेर काठमाडौँ आएका तीन चरित्रको कथा पेस गर्छ । उताबाट भागेर आएका उनीहरु कठमाडौँ हुँदै मुस्ताङका गुम्बासम्म पुग्छन् । यो फिल्मको सुटिङ मुस्ताङबाहेक पोखरा र काठमाडौँमा पनि गरिएको थियो ।  

 


Author

थप समाचार
x