सिनेमा

टम ह्यांक्सलाई ‘लालसिंह चढ्ढा’ देखाउँदै आमिर खान

इकागज |
माघ २, २०७८ आइतबार १६:१२ बजे

मुम्बई - चलिरहेको महामारी साम्य भएमा आमिर खान आफ्नो पछिल्लो फिल्म ‘लालसिंह चढ्ढा’ अप्रिल १४ मा रिलिज गर्न तम्तयार छन् । बितेको क्रिसमसमा रिलिज हुने तरखरमा रहेको फिल्म महामारीकै कारण पोस्ट प्रडक्सनको काम नसकिएपछि सरेर अप्रिलमा पुगेको हो । 

तर अप्रिलमा दर्शकलाई देखाउनुअघि आमिर खानले यो फिल्म टम ह्यांक्सलाई देखाउने भएका छन् । यो फिल्म टम ह्यांक्सकै सन् १९९४ मा रिलिज भएको ‘फरेस्ट गम्प’को आधारित रिमेक हो । न्यु १८ले उल्लेख गरेअनुसार आमिर खान टमलाई फिल्म देखाउनकै लागि लसएन्जल्समा एउटा स्क्रिनिङको तयारी गरिरहेका छन् । 


फिल्म रिलिज अघि आमिर टमको व्यक्तिगत प्रतिक्रिया चाहान्छन् । यही उद्देश्यले उनले फिल्मको स्क्रिनिङको तयारी गरिरहेको पनि समाचारमा उल्लेख छ । 
आमिरले फिल्ममा टम हयांक्सले निर्वाह गरेको भूमिका निर्वाह गरेका छन् । फिल्ममा आमिरबाहेक करिना कपुर, नागा चैतन्य आदि कलाकारको पनि अभिनय रहेको छ । यही फिल्मको सुटिङ चलिरहँदा नै आमिरको श्रीमती किरन रावसँग सम्बन्ध विच्छेद भएको थियो । 


Author

थप समाचार
x