सिनेमा

‘म यस्तो गीत गाउँछु २’ काे रिलिज पोस्टपोन्ड

इकागज |
माघ ५, २०७८ बुधबार १२:२८ बजे

काठमाडौँ- निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को रिलिज डेट पोस्टपोन्ड गरेका छन् ।

काेभिड संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले १९ माघलाई तय प्रदर्शन मिति हाललाई स्थगित गरिएको निर्देशक थापाले जानकारी दिएका छन् ।


थापाले बुधबार विज्ञप्ति जारी गर्दै बढ्दो संक्रमणका कारण ‘म यस्तो गीत गाउँछु २’ निर्धारित समयमा प्रदर्शन नहुने जनाएका छन् । उनले अवस्था सामान्य भएपछि उही उत्साह र जोशका साथ प्रदर्शनको नयाँ मिति घोषणा गरिने जानकारी दिएका छन् ।

म यस्तो गीत  गाउँछु २ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।


Author

थप समाचार
x