सिनेमा

भुवन केसीको नयाँ तर्क : हिन्दी र नेपाली फिल्मको एकै टिकट दर एकै हुनु भएन

इकागज |
माघ ६, २०७८ बिहीबार १२:४३ बजे

काठमाडौँ - अभिनेता भुवन केसीले हिन्दी फिल्म र नेपाली फिल्मको टिकटदर एकै हुँदा नेपाली फिल्मलाई प्रतिस्पर्धा गर्न कठिन हुने धारणा राखेका छन् । उनले एउटा टेलिभिजन कार्यक्रममा ठूलो बजेटका विदेशी फिल्म र सानो बजेटका नेपाली फिल्म एकै साथ हलमा लाग्दा प्रतिस्पर्धा गर्न नसक्ने र यसले नेपाली फिल्मको व्यापारलाई असर गरिरहेको तर्क गरेका हुन् ।

‘भारतमा ५ सय करोडमा बनेका फिल्म र नेपालमा एक दुई करोडमा बनेका फिल्मको टिकटदर एकै हुने हो भने दर्शक ५ सय करोड खर्चेकै फिल्ममा जान्छन्,’ उनले भने, ‘किनकि ती फिल्म हर पक्षमा नेपाली फिल्मभन्दा मनोरञ्जन दिने मामलामा उत्कृष्ट हुन्छन् । यसरी त नेपाली फिल्म टिक्न सक्दैनन् ।उनले सरकारले फिल्मलाई मनोरञ्जन माध्यम मात्र सोच्दा यस्तो समस्या आएको बताएका थिए । 


‘नेपाली फिल्म भनेको मनोरञ्जन मात्र होइन संस्कृति संरक्षण गर्ने माध्यम पनि हो । तर सरकारले यसको महत्व बुझ्दै बुझेन,’ उनले भने । ‘करोडपति’, ‘नेपालीबाबु’, ‘क्याप्टेन’ जस्ता फिल्मका निर्माता भुवन केसीले तीन फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । तर महामारीका कारण कुनै पनि फिल्म फ्लोरमा जान सकेका छैनन् ।


Author

थप समाचार
x