सिनेमा

अमेरिकामा ‘स्क्विड गेम’का भन्दा ‘लुसिफर’का दर्शक धेरै

इकागज |
माघ ९, २०७८ आइतबार १५:३ बजे

लसएन्जल्स - जसरी सन् २०२०मा कोरियन फिल्म ‘प्यासाइट’ले तहल्का मच्चायो सन् २०२१ मा योभन्दा कम तहल्का मच्चाएन वर्षको उत्तराद्र्धमा नेटफ्लिक्समा आएको कोरियन सिरिज ‘स्क्विड गेम’ले  । ९ भागको यो सिरिज फिल्मप्रेमीबीच आँधीबेहरीभन्दा कम थिएन । यसले नेटफ्लिक्सकै दर्शक संख्या बढाएको तथ्यांक आएका छन् । मर्चेन्डाइजका अनेक सामान बनेका छन् । तर नेल्सनले सार्वजनिक गरेको तथ्यांकले अमेरिकामा भने यो सिरिज ‘लुसिफर’भन्दा कम हेरिने सिरिजको रुपमा दर्ज भएको छ । 

नेल्सनले सार्वजनिक गरेको सूचीमा गत वर्ष अमेरिकामा सबैभन्दा धेरै हेरिएको सिरिजमा ‘लुसिफर’ एक नम्बर र ‘स्क्विड गेम’ दोस्रो नम्बरमा रहेका छन् । विभिन्न माध्यममा प्रकाशित भएका ९३ मौलिक सिरिजले पाएका दर्शकको आधारमा नेल्सनले उत्कृष्ट १५ निकालेको हो । 



Author

थप समाचार
x