समाज

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

इकागज |
बैशाख १५, २०८१ शनिबार ९:९ बजे

म्याग्दी- म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका–६ मराङमा रु ८५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ । नवनिर्मित चारकोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ ।

शुक्रबारदेखि कार्यारम्भ भएको नयाँ भवनको उद्घाटन सोही दिन गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भवन उद्घाटन गरेका हुन् ।


धौलागिरि गाउँपालिकाको वडा नम्बर २ र ७ को नयाँ भवन मात्र होइन वडा नम्बर ५ को भवन पनि बनिसकेको छ । घट्टखोलामा गाउँपालिकाको भवन निर्माणाधीन छ । यसैगरी वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकीको भवन निर्माण सकिएको, मुदीमा स्वास्थ्य चौकी र ताकममा पाँच श्ययाको अस्पताल भवन निर्माण भइरहेको छ । रासस


Author

थप समाचार
x