कर्पोरेट

ह्वावे एमएनसी २०२३ मा नवीनतम टेकको प्रशंसा

इकागज |
असार १०, २०८० आइतबार १८:३० बजे

काठमाडौँ– दुई दिने ह्वावे मोबाइल नेपाल कंग्रेस (एमएनसी २०२३)ले इको–सिस्टम साझेदारहरूको संलग्नता र सबै सहभागीहरूबाट प्रशंसा बटुलेको छ । 

ह्वावेले गत शुक्रबार सोल्टी होटल काठमाडौंमा आईसीटी फाउन्डेसन अफ नेपालसँग ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ संयुक्त रूपमा आयोजना गरेको थियो । 


कार्यक्रममा ह्वावे मोबाइल नेपाल कंग्रेस, ह्वावे फाइभजी परिदृश्य, ह्वावे क्लाउड सोलुसन्स, ग्रीन डाटा सेन्टर, स्मार्ट अफिस टेक्नोलोजीहरू प्रदर्शन गरेको थियो ।
उक्त कार्यक्रममा विभिन्न देशका आईसीटी विज्ञ सहित ७० भन्दा बढी स्रोत व्यक्तिहरूको सहभागिता रहेको थियो भने ६ वटा विषयमा १५वटा सत्र सञ्चालन गरिएको थियो । 

यी दुई दिनमा नेपालका प्रधानमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री, सीईओ र दूरसञ्चार कम्पनीका नेताहरूले समेत ह्वावे एमएनसीको अवलोकन गरेका थिए । सम्मेलनमा दक्षिण कोरिया, सिंगापुर, भारत र बंगलादेशका विषय विज्ञहरूको समेत सहभागिता रहेको थियो । 

डिजिटल नेपाल कन्क्लेभको दोस्रो दिन तीनवटा विषय वस्तुमा छ वटा फरक–फरक छलफल सत्र सम्पन्न भएको छ ।

‘बिल्डिङ फाउण्डेशनल टेक स्ट्याक एण्ड डिजिटल क्यापेबिलिटी’ शीर्षकको प्यानल छलफलमा ह्वावे एसिया प्यासिफिक रिजनका प्रमुख मार्केटिङ अफिसर छु सु ले नेपालको डिजिटल क्षमता निर्माणका लागि फाइभजी र आइओटीमा अन्तर्राष्ट्रिय अनुभव प्रस्तुत गरेका थिए । 

ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत जिम ह्वाङले कार्यक्रममा आफ्नो समापन मन्तव्य राखेका थिए । उनले भने, ‘डिजिटल ट्रान्सफर्मेसन आर्थिक वृद्धिको मुख्य इन्जिन हो । त्यसैले डिजिटल ट्रान्सफर्मेसनमा जानु स्पष्ट रूपमा सही विकल्प हो ।’

‘डिजिटल्ली सक्षम, सबल नेपाल’ भन्ने नारामा आयोजना भएको उक्त कन्क्लेभले डिजिटल रुपान्तरण र त्यसका आवश्यक नीति तथा कार्यान्वयनका लागि नेपालको क्षमता बढाउन जोड दिएको छ ।
 


Author

थप समाचार
x