कर्पोरेट

नेशनल लाईफको बृहद अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

इकागज |
असार १२, २०८० मंगलबार १८:५१ बजे

काठमाडौँ– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बृहद अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरूसँग आबद्ध भई बीमा व्यवसाय गर्दै आईरहेका अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले सम्पन्न गरिएको कार्यक्रमका प्रमुख अतिथि एवम् प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बताए । 


सो अवसरमा उपस्थित करिब सातसय अभिकर्ताहरूलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्न अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले तालिम प्रदान गरेका थिए । 

प्रमुख कार्यकारी अधिकृत खत्रीले समारोहमा कम्पनीका सबै संरचनाहरू उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराए । 

उनका अनुसार अभिकर्ताहरूको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैं अब्बल रहेको हो ।

उक्त कार्यक्रम कम्पनीको कोशी प्रदेशका प्रदेश प्रमुख नरेन्द्रकुमार बाछाना राईको सभापतित्वमा सम्पन्न भएको थियो ।


Author

थप समाचार
x