कर्पोरेट

रेड्मी एटू र एटूप्लस आकर्षक मूल्यमा अत्याधुनिक फिचरहरू

इकागज |
असार २६, २०८० मंगलबार १८:७ बजे

काठमाडौँ–  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी एटू( A2) र एटूप्लस( A2+) नेपाली बजारमा सार्वजनिक गरेको छ । 

उत्कृष्ट फिचरहरू र शक्तिशाली प्रदर्शनले भरिपूर्ण रेड्मी एटू र एटूप्लसले सुलभ मूल्यमा प्रयोगकर्ताहरू समक्ष उल्लेखनीय अनुभव प्रदान गर्छ । 


यी दुवै नयाँ फोनहरूमा दुई वर्षको वारेन्टी पनि रहेको छ ।

इमर्सिभ डिस्प्ले, प्रभावशाली क्यामेरा क्षमता, स्टाइलिस डिजाइन, शक्तिशाली पर्फर्मेन्स र लामो समयसम्म चल्ने ब्याट्री लाइफ लगायतका सुविधाहरूका साथ रेड्मी एटू र एटूप्लसले देशको स्मार्टफोनको परिदृश्यलाई पुनः परिभाषित गर्छ ।

लन्चको बारेमा चर्चा गर्दै, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पाण्डले भने, ‘रेडमी परिवारमा लेटेस्ट एडिसनका रूपमा, रेड्मी एटू र एटूप्लसललाई सहज र छरितो पर्फर्मेन्स प्रदान गर्न निर्माण गरिएको हो ।’ 

उनले थपे, ‘टप अफ द लाइन स्पेसिफिकेशनहरू र शक्तिशाली भिजुअलहरू प्रस्तुत गर्दै, यी फोनहरू नेपाली स्मार्टफोन बजारमा आक्रामक रुपमा उत्रिन तयार छन् ।’


Author

थप समाचार
x