कर्पोरेट

सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड एम्बेसडरमा हास्य कलाकार जितु नेपाल

इकागज |
असार २८, २०८० बिहीबार १८:४१ बजे

काठमाडौँ– काठमाडौँ सिटी एक्सप्रेस मनी ट्रान्सफर १७ औँ वर्षमा प्रवेश गरेसँगै चर्चित हास्य कलाकार जितु नेपाललाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जितु नेपालले हिजो राजधानी काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 


साथै, १७ औँ वार्षिकोत्सवकै उपलक्ष्यमा ‘रक्तदान गर्नुहोस् , जीवन दान पाउनुहोस्’ भन्ने  मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो । 


 


Author

थप समाचार
x