कर्पोरेट

रोयल इनफिल्ड वान राईड २०२३ सकियो

इकागज |
असोज १, २०८० सोमबार १३:३३ बजे

काठमाडौँ- विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्ड को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राईड २०२३ कार्यक्रम सम्पन्न गरेको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरू अनलाइन फर्म भरेर यो राइडमा सहभागी भएका थिए ।

यसपटक पनि वान राईड बिश्वभर एकै दिन आयोजना गरिएको थियो । यस राइडको नारा :One Mission World | One World | One Ride रहेको थियो । वान राईड २०२३ कार्यक्रम आइतबार लाकुरे पुगेर समापन गरिएको थियो । उक्त सहभागीहरूलाई दिइएको थियो ।


विहान ६ बजे रोयल इनफिल्ड सोरुम नक्साल बाट सुरु भएर राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना नेपालमा काठमाडौँलगायत १३ सहरमा सम्पन्न भएको थियो । देशको ग्रामिण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्धत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्धेश्य अनुसार लाकुरे मा रहेको बासुकि मावि आधारभुत विद्यालयका सबै विद्यार्थीहरूलाई हुने गारि खेलकुद र म्युजिकल इन्टुमेन्ट र केही नगद सहयोग वितरण गरिएको थियो ।

खेलकुद साम्रगी हस्तान्तरण कार्यक्रममा लाकुरेका वडाध्यक्ष, बिद्यालयका प्रधनाधापक, लाकुरेका समाजसेबी, रोयल इनफिल्ड इन्डियाका प्रतिनिधि, अल्फा अटोमोटिभका निर्देशक तथा भारतीय राजदुतावासका कर्मचारीसमेत सहभागी भएका थिए ।

वान राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासीक ३५० तथा मेटीअर ३५०, हिमालयन Scram 411, Hunter 350 मोटरसाइकलका साथै १०० भन्दा धेरै सहभागी भएका थिए ।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । बिश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरूलाई एकै ठाउँमा ल्याउने र PURE RIDE को उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो । यसरी शुरु गरिएको राइड बिश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठुलो राइडमा गणना हुन थालेको छ । बार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा सबभन्दा ठूलो कार्यक्रम मानिन्छ ।


Author

थप समाचार
x