कर्पोरेट

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’अफर,  यसरी जित्नुहाेस स्कुटर

इकागज |
असोज २, २०८० मंगलबार १४:३९ बजे

काठमाडौं- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा एनसेलका प्रत्येक ग्राहकले अब लगातार २८ दिनसम्म हरेक दिन स्योर प्राइज गिफ्टको फाइदा लिन सक्छन् । यति मात्र होइन, ग्राहकहरूले साप्ताहिक रूपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारको रूपमा स्कुटर पनि प्राप्त गर्नेछन् ।​

एनसेल आजियाटा लिमिटेडले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत यो आकर्षक योजना ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ ल्याएको घोषणा गरेको हो । यसमा सहभागी हुने प्रत्येक ग्राहकले उपहार पाउँछन् । आइतबारदेखि नै ग्राहकहरूले एनसेलका सेवा, सुविधाहरु स्योर प्राइजका रुपमा उपहारहरू निःशुल्क प्राप्त गर्न थालिसकेका छन् ।


दैनिक उपहार, साप्ताहिक र बम्पर पुरस्कारहरु पाउन योग्य हुन ग्राहकहरूले सजिलै *१७११७# डायल गर्न सक्छन् । यो कोड डायल गरेपछि ग्राहकले बिना कुनै शुल्क एनसेलका सेवा, सुविधाहरू स्योर प्राइज स्वरुप प्राप्त गर्छन् । ग्राहकहरूलाई प्रदान गरिने उपहारहरूमा निःशुल्क डिजिटल सेवा सदस्यता, एनसेल नेटवर्कमा फोन, एसएमएसका साथै डेटा चलाउन मिल्ने ब्यालेन्स, डेटा, एनसेल अन नेट टक टाइम र एसएमएस रहेका छन् । स्योर प्राइज उपहार स्वरुप प्राप्त हुने सेवा, सुविधाहरु २४ घण्टाको लागि मान्य रहन्छ ।

२८ दिनसम्म संचालनमा रहने यस योजना अवधिमा १ हजार जना ग्राहकले हरेक हप्ता सरप्राइज स्वरुप रु १०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । योजनाको अन्त्यमा, सात जना भाग्यशाली ग्राहकहरूले बम्पर पुरस्कारको रूपमा एक–एक वटा स्कुटर जित्नेछन् ।

साप्ताहिक र बम्पर पुरस्कारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले हप्तामा कम्तीमा एक पटक एष्ट्रिक्स१७११७ह्यास डायल गरेको हुनुपर्दछ र योजना अवधिमा केही न केही एनसेलका सेवाहरू प्रयोग गरेको हुनुपर्नेछ । सहभागी हुन चाहने ग्राहकले एनसेलका बारेमा एउटा नारा पनि एनसेल एप वा वेबसाइट https://www.ncell.axiata.com/en/individual/offers/surprise-sure-prize मा पठाउनु पर्दछ ।


Author

थप समाचार
x