कर्पोरेट

एन्टर्क ओनर्स ग्रुपको पहिलो जनकपुर च्याप्टर राइड सम्पन्न

इकागज |
असोज १५, २०८० सोमबार १७:३३ बजे

काठमाडौँ – टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा  एन्टर्क ओनर्स ग्रुप (एनओजी)काे पहिलो पटक राइड सम्पन्न गरेको छ ।

गत असोज १३ गते शनिबार आयोजना भएको उक्त राइड टिभिएसको जनकपुर शोरूम (आर्यन आटोमोबाइल्स) बाट सुरु भएर बर्दिबास रिसोर्ट, बर्दिबास पुगेर समापन भएको थियो ।


उक्त राइडमा सहभागीहरू बीच विभिन्न गेमहरू पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

करिब ५० जना राइडरहरू सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।


Author

थप समाचार
x