कर्पोरेट

महालक्ष्मी र एनआईसी एशिया क्यापिटलबीच व्यवस्थित लगानी योजना एसआइपीमा पहुँच वृद्धि गर्न सहकार्य

इकागज |
चैत २१, २०८० बुधबार १३:३९ बजे

काठमाडौँ- महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरूको व्यवस्थित लगानी योजना (Systematic Investment Plan) मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ ।

एनआईसी एशिया क्यापिटलद्धारा सञ्चालित खुलामुखी योजना- एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।   


महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरूको अधिकतम उपयोग गरी लगानीका अवसरहरूको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ । देशभर रहेका लगानीकर्ताहरूको एनआईसी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ । हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिनेछ ।


Author

थप समाचार
x