कर्पोरेट

इन्फिनिक्स मोबाइलमा १५ महिनाको वारेन्टी

इकागज |
चैत २३, २०८० शुक्रबार ११:२४ बजे

काठमाडौँ- अप्रिल १ बाट इन्फिनिक्स मोबाइलले सम्पुर्ण ग्राहकहरूमा आफ्नो उत्पादनको गुणस्तर र टिकाउपनलाई ध्यान दिँदै वारेन्टीको घोषणा गरेको छ । इन्फिनिक्सले आफ्नो सबै स्मार्टफोन मोडलहरूमा अभूतपूर्व १५ महिनाको वारेन्टी घोषणा गरेको हो ।

इन्फिनिक्सको अरू सम्पूर्ण मोबाइल उद्योगमा निर्धारित समयभन्दा तीन महिना बढि १५ महिनाको वारेन्टी प्रदान गर्ने निर्णय आफैंमा स्मार्टफोनको श्रेष्ठ निर्माण र विश्वसनीयताको प्रमाण भएको कम्पनीले जनाएको छ ।


इन्फिनिक्स मोबाइलले पर्याप्त व्यापार लक्ष्यतर्फ मात्रै हैन तर अब असिमित गुणस्तरको प्रतिष्ठा कायम गर्ने योजनात्मक अभियानमा रहेको जनाएको छ । वारेन्टीले इन्फिनिक्स मोबाइल उत्पादनको सटिकतामा अतिरिक्त आशा प्रदान गर्दछ, जसले ग्राहकहरूलाई मनको सन्तुष्टी र भरपर्दो मोवाइलको उत्कृष्टताको अनुभुती प्रदान गर्ने कम्पनीले जनाएको छ ।

आजको गतिशील दुनियामा उपभोक्ताहरू नवीनता मात्रै होइन, तर विश्वस्थताको पनि खोजी गर्दछन् । इन्फिनिक्सले विस्तृत वारेन्टीमा कुनै संदेह वा भय नरहनेगरी डिज़ाइन गरेको छ, जसले ग्राहकलाई अतिरिक्त सुरक्षा र सन्तोष प्रदान गर्ने दाबी गरेको छ ।

यस प्रयासले ग्राहकहरूको अनुभुतिलाई बढाउँदै इन्फिनिक्स ब्रान्डमै गहिरो विश्वासको विकास गर्नेछ । इन्फिनिक्सले स्मार्टफोन उद्योगमा अब्बल रहेर सत प्रतिशत नवीनतम उत्पादनहर मार्फत विश्वभरी उपभोक्ताहरूको बदलिएका आवश्यकतामा विशेष ध्यान दिने प्रण गर्ने जनाएको छ ।


Author

थप समाचार
x