कर्पोरेट

कामना सेवा विकास बैंक र लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोबीच सम्झौता

इकागज |
बैशाख ५, २०८१ बुधबार १९:३९ बजे

काठमाडौँ- कामना सेवा विकास बैंकले काठमाडौँस्थित लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरूले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण  ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।


Author

थप समाचार
x