बैंक-वित्त

कामना सेवा विकास बैंक र एफवान सफ्टबीच ग्राहकलक्षित विभिन्‍न समझदारी पत्रमा हस्ताक्षर

इकागज |
जेठ ६, २०८१ आइतबार १७:२९ बजे

काठमाडौँ- कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनल प्रा.लिले बैंकका ग्राहकहरूलाई लक्षित गरी विभिन्न योजनासम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमा ​दर्ता गरी कुनै पनि रकमको टप-अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरूले रु ५० को टप-अप जित्न सक्ने छन् । यो अफर नयाँ ग्राहकहरूलाई मात्र मान्य हुनेछ ।


त्यसैगरी ग्राहकहरूले न्यूनतम रु १०० को टप-अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की-ड्र मार्फत इएरबड जित्न सक्ने छन् । यो अफर नयाँ तथा पुराना ग्राहकहरू दुवैलाई मान्य हुने छ ।

यसैगरी कारोबार गर्ने ग्राहकहरू मध्ये एक जना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्ने छन् । यो योजना जेठ मसान्तसम्म लागू हुने बैंकले जनाएकाे छ । साथै बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जालन र ७७ वटा एटिएम वुथ मार्फत अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । 


Author

थप समाचार
x