बैंक-वित्त

ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम

इकागज |
चैत ५, २०८० सोमबार २१:२७ बजे

काठमाडौँ- विश्व वित्तीय सप्ताह (Global Money Week) को अवसरमा कामना सेवा विकास बैंकले चैत ५ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताह आजदेखि सुरुवात भएको हो । 

नेपाल राष्ट्र बैंकद्वारा आयोजित Global Money Week 2024 अन्तर्गत कामना सेवा विकास बैंकले हल्दीबारी गाउँपालिका, झापाका लघु, उद्यमी तथा नगदेबाली उत्पादक कृषकहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका कोशी प्रदेशको प्रमुख मोहन दत्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष, रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतित्यथा रहेको थियो ।


गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरूको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकको बुधबारे शाखा प्रमुख मोदनाथ गुरागाँईले प्रस्तुतीकरण गरेका थिए । स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजी निर्माण गर्न सकिने, बचतको विकासले गर्दा दैनिक जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल कारोबारहरू तथा यसका अवसर र चुनौतीका विषयमा प्रस्तुतीकरण गरिएको थियो । उक्त कार्यक्रममा झापा जिल्लामा विभिन्न किसिमका नगदेबाली उत्पादनसँग सम्बन्धित १०० जनाभन्दा बढी महानुभावहरूको सहभागिता रहेको थियो । 

उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लिङदेनले बैंकहरूले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले कृषकहरूले बचत, ऋण तथा बैंकिङ कारोबारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरूको निरन्तरता दिनुपर्नेमा जोड दिए । 

हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।


Author

थप समाचार
x