कर्पोरेट

सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा विशेष छुट

इकागज |
कात्तिक ६, २०७८ शनिबार १३:२१ बजे

काठमाडौँ- सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा छुट पाउने भएका छन् । बैंकले यसका लागि देवयानी इन्टरनेशनल नेपालसँग सम्झौता गरी ग्राहकहरूलाई विशेष छुट दिएको बैंकले जनाएको छ ।

ग्राहकहरूलाई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देवयानी इन्टरनेशनलका नायब महाप्रबन्धक रितुराज शाहबीच हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले केएफसी र पिज्जा हटमा बेबरेज र फूडमा ५ प्रतिशत छुट पाउनेछन् । बैंकले 'स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौँ' अभियान अनुरुप आफ्ना ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रोत्साहन गर्दै आएको छ ।



Author

थप समाचार
x