अदालत

महासचिवको पत्राचारमा ‘बद्नियत’ अन्तर्निहित छ : समिति सदस्य

इकागज |
मंसिर २१, २०७९ बुधवार १६:५५ बजे

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव ‘निष्प्रभावी’ भएको भनी संसद् सचिवालयका महासचिव भरतराज गौतमको पत्राचार ‘आश्चर्यजनक’ मात्र नभइ ‘बद्नियत’पूर्वक भएको महाअभियोग समितिका तत्कालीन सदस्यको छ ।

समितिका तत्कालीन सदस्य मिन विश्वकर्माले भने, ‘सार्वभौम संसद्को अधिकार महासचिवले प्रयोग गर्न पाउँछ कि पाउँदैन ? यसरी एकाएक अचानक पत्राचार गर्नु आश्चर्यजनक छ । महासचिवलाई त्यो अधिकारबाट कहाँ प्राप्त भयो ? उनको निर्णय तर्कसंगत देखिँदैन, त्यो रहस्यमय छ ।’


महासचिव गौतमको निर्णयका आधारमा राष्ट्रपतिदेखि निलम्बित प्रधानन्यायाधीश राणालाई पत्र पठाउँदै महाभियोग भएको ‘निष्प्रभावी’ पत्राचार गरेका थिए । सुनुवाइ समितिले राणाविरुद्ध नौ वटा अभियोग प्रमाणित भएको उल्लेख गरी ‘केही विषयमा थप अध्ययन, अनुसन्धान अझै गर्नुपर्ने देखिएको र समय अभाव भएकाले अर्काे प्रतिनिधि सभाको बैठकमा पेस गरी टुंगो लगाउनुपर्ने’ सिफारिस गरेको थियो । 

विश्वकर्माले भने, ‘कुनै निर्णय तर्कसंगत नदेखिएपछि त्यो स्वतः बद्नियतपूर्वक भएको प्रमाणित भएको छ ।’


Author

थप समाचार
x