अदालत

ललिता निवास जग्गा प्रकरणः पक्राउ परेका सबैलाई धरौटीमा छाड्न आदेश

भाटभटेनीका सञ्चालकलाई २ करोड ४६ लाख धरौटी माग

इकागज |
भदौ २४, २०८० आइतबार १७:१ बजे

फाइल फोटो

काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ । अदालतले एक जनाबाहेक सबैलाई घरौटीमा छाड्न आदेश दिएको हो । 

न्यायाधीश भोलानाथ ढकालको इजलासले आज केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको  छ । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको छ । 


बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।

यसैबीच यसै प्रकरणमा पक्राउ परेका व्यवसायी भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख धरौटी माग गरेको छ । 


 


Author

थप समाचार
x