अदालत

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई दुई वर्ष कैद

इकागज |
मंसिर ७, २०८० बिहीबार २०:७ बजे

फाइल फोटो

काठमाडौँ - त्रिभुवन विशवविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई दुई वर्ष कैद हुने भएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई दुई वर्षको सजाय सुनाएको हो । 

आज न्यायाधीश विनोद खतिवडाको एकल इजलाशले हरिप्रसाद आचार्य, योगेन्द्र रावल, रूपेश साह, रविन लामा, सयुज श्रेष्ठ र निरज रानामगरलाई दोषी ठहर गरेको छ । अदालतले उनीहरुबाट पीडित प्राध्यापकलाई २८ लाख १७ हजार क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ । 


चलाउनेमाथि त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा २०७७ असोज २० गते आक्रमण भएको थियो । 


Author

थप समाचार
x