अदालत

इन्द्रजित, टेकबहादुर, केशव र आङ्टावालाई धरौटीमा छाड्न इन्कार

इकागज |
मंसिर १५, २०८० शुक्रबार १६:१५ बजे

फाइल तस्बिर

काठमाडौं - नक्कली भुटान शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले इन्द्रजित राई र टेकनारायण पाण्डे लगायतलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । 

उनीहरूले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले सदर गरेको हो। 


थुनामै राख्न आदेश दिएकोमा पाण्डे,  इन्द्रजित राई, आङ्टावा शेर्पा, केशव दुलाल र टेकनारायण पाण्डे रहेका छन्। 

उनीहरूले आफूलाई धरौटीमा छाड्नुपर्ने दाबी गर्दै जिल्ला अदालत काठमाडौंको आदेश विरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।


Author

थप समाचार
x