अदालत

टेकनाथ रिजाललाई १५ लाख धरौटी माग्दै छाड्न आदेश

इकागज |
मंसिर १५, २०८० शुक्रबार १६:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ । 

उनी आफैँले कसुर इन्कार गरेको र नक्कली भुटानी शरणार्थीको प्रकरणमा प्रत्यक्ष संलग्न नभएको पुष्टि भएकोले उच्च अदालत पाटनले तारेखमा छाड्न आदेश दिएको हो ।  


उनलाई १५ लाख रुपैयाँ धरौटी भराएर तारेखमा छाड्न भनिएको छ । 

राजनीतिज्ञ एवं मानवअधिकार अभियन्तासमेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेतामध्येका एक हुन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।


Author

थप समाचार
x