अदालत

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुँदै

इकागज |
पुस ११, २०८० बुधबार ९:३६ बजे

फाइल फोटो

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ ।

जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दाको अन्तिम सुनुवाई आज हुन लागेको हो ।


आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो । 

आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए । बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको थियो । 

सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ । आइतबारदेखि जिल्ला अदालतको बन्द इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।

क्रिकेटर सन्दीप लामिछानेमाथि एक किशोरीलाई बलात्कार गरेको अभियोग छ ।
 


Author

थप समाचार
x