अदालत

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ जारी, आजै फैसला आउन सक्ने

इकागज |
पुस १२, २०८० बिहीबार ७:६ बजे

फाइल फोटो

काठमाडौं -बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको  सुनुवाइ आज पनि हुँदैछ । लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसला हुने सम्भावना रहेको छ ।

जिल्ला अदालत काठमाडौंमा हिजोदेखि पुनः सुरु भएको सुनुवाइ नसकिएपछि सो क्रम सकिएमा आजै फैसला हुने सम्भावना बढेको छ ।


बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई बिहिबारसम्मका लागि हेर्दाहेर्दैमा राखेको लामिछाने विरुद्धको मुद्दामा सम्भवतः आज फैसला हुने सक्ने आकलन गरिएको छ । हिजोको सुनुवाइमा वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।

बिहीबार ३ बजेसम्म बहस सक्ने तयारी भएको र त्यसपछि वादीका तर्फबाट जबाफी बहस सकाएर बिहीबार नै फैसला हुन सक्ने अनुमान गरिएको छ ।

परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। 

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीप विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।


 


Author

थप समाचार
x