अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
फाइल तस्बिर
काठमाडौँ - व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यापारी चौधरीलाई सरकारी वकिल कार्यालय काठमाडौँले चार दिन म्याद थप गर्न सिफारिस गरेको थियो र सोही अनुसार अदालतले चार दिन म्याद थप्न अनुमति दिएको हो ।
चौधरीलाई सीआईबीले बिहीबार लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको थियाे। यस्तै, अजितनारायण थापालाई पनि अदालतले चार दिनसम्म हिरासतमा राख्न अनुमति दिएकाे छ ।
र, याे पनि
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया