अदालत

सर्वोच्चले भन्यो : स्काउटको निर्वाचन रोक्ने पत्र कार्यान्वयन नगर्नू

इकागज |
माघ २४, २०८० बुधबार ७:२१ बजे

फाइल तस्बिर

काठमाडौँ - सर्वोच्च अदालतले नेपाल स्काउटको निर्वाचन कार्यतालिका बमोजिमको कार्यक्रम रोक्नु भनी पठाएको सरकारको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

 न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले निर्वाचन कार्यतालिका बमोजिमको कार्यक्रम रोक्नु भनी पठाएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै युवा तथा खेलकुद मन्त्रालयको पत्र यथास्थितिमा राख्न आदेश दिएको छ ।


 नेपाल स्काउटले स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन तय गरेको थियो । निर्वाचन सुरु हुनै लाग्दा प्रधानमन्त्री कार्यालयबाट गएको निर्देशनका आधारमा युवा मन्त्रालयले निर्वाचन रोक्न निर्देशन दिएपछि सर्वोच्च अदालतमा नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले रिट निवेदन दायर गरेका थिए । अदालतले यसबारे छलफलका लागि दुवै पक्षलाई यही माघ २५ गते बोलाएको छ ।
 


Author

थप समाचार
x