अदालत

नागरिकतासम्‍बन्‍धी अध्यादेश कार्यान्‍वयन नगर्न सर्वोच्‍चको अन्‍तरिम आदेश

इकागज |
जेठ २७, २०७८ बिहीबार १७:५० बजे

काठमाडौँ: सर्वोच्च अदालतले नागरिकतासम्‍बन्‍धी अध्यादेश कार्यान्‍वयन नगर्न अन्‍तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजालसले रिट निवेदन अन्‍तिम किनारा नलागेसम्‍म कार्यान्‍वय नगर्न/नगराउन अन्‍तरिम आदेश जारी गरेको हो । 

'संघीय संसदबाट यदि पारित हुन नसकेको स्थितमा सो अध्यादेशबमोजिम वितरित नेपाली नागरिकताको विषयमा कानुनी जटिलता पैदा हुने अवस्था समेत रहने देखिन्छ, अन्‍तरिम आदेशमा भनिएको छ, 'यस प्रकारको विषयमा संघीय संसदबाट विधेयक पारित भइ निर्माण भएको ऐनबाट नै आवश्यक व्यवस्था मिलाउनु उपयुक्त हुन्छ । यो नै कानुन निर्णको नियमित संवैधानिक प्रक्रिया पनि हो । यसरी सुविधा सन्‍तुलनका दृष्‍टीले हेर्दा अहिले नै अध्‍यादेश कार्यान्‍वयन गर्नुको न्‍यायिक औचित्‍य देखिन आएन ।' 



Author

थप समाचार
x