अदालत

प्रतिनिधिसभा विघटनसम्‍बन्‍धी मुद्दा

'प्रधानमन्त्री खेलाचीको पद हो ?'

इकागज |
असार ९, २०७८ १३:४५ बजे

काठमाडौँ : वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संसद्‍मा विश्‍वास गुमाएको प्रधानमन्‍त्रीले राजीनामा नदिइ अर्को प्रक्रियामा दाबी प्रस्‍तुत गर्न नपाउने बताएका छन् । प्रतिनिध सभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता कार्कीले कामचलाउ प्रधानमन्‍त्रीले फेरि प्रधानमन्‍त्रीमा दाबी नै गर्न नमिल्‍ने दाबी गरे ।

'प्रधानमन्त्रीको पद खेलाचीको पद हो ?' उनले प्रश्‍न गरे, 'नैतिकताका आधारमा राजीनामा दिन नपर्ने? हाउस पनि फेस नगर्ने, राजीनामा पनि दिएको छैन । हाउसको 'कन्फिडेन्स फेस' नगरी अर्को प्रोसेसमा जान पाइदैन । जानु हुँदैन । विश्वासको मत नलिनासाथ केयरटेकर प्रधानमन्त्री हो । उसले दाबी गर्न पाउँदैन ।'


ADVERTISEMENT



Author

थप समाचार