'विद्वान मित्रहरूमा अन्तरिम संविधानको ह्याङओभर देखियो'
काठमाडौँ : महान्यायाधिवक्ता रमेश बडालले रिट निवेदकतर्फका कानुन व्यवसायीलाई लक्षित गर्दै उनीहरूमा 'अन्तरिम संविधानको ह्याङओभर' देखिएको बताएका छन् । संवैधानिक इजलासमा बहस गर्दै बडालले यस्तो तर्क गरेका हुन् ।
'प्रधानमन्त्रीको निर्वाचनसम्बन्धमा विद्वान मित्रहरूमा अन्तरिम संविधानको ह्याङओभर अझै देखियो । प्रतिनिधि सभाका सदस्यलाई संविधानसभामा भोट हालेको जस्तो हुँदो रैछ । किन भने त्यतिबेलाका सदस्यहरू अधिकांश प्रतिनिधि सभामा हुनुहुन्छ', महान्यायाधिवक्ता बडालको जिकिर छ,'अन्तरिम संविधानबमोजिम सभामुखले प्रधानमन्त्री संसदीय दलको नेताको नाम पठाउनुहुन्थ्यो । अनि राष्ट्रपतिले नियुक्त गर्नुहुन्थ्यो । तर अहिले यो अवस्था छ त ? विद्वान मित्रले अन्तरिम संविधानको बहस गरिरहनुभएको छ कि वर्तमान संविधानको ?'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया