संवैधानिक इजलास
दोस्रो र तेस्रो वरियताका आउट, १० र ११ औँ नम्बरका प्रधानन्यायाधीशको रोजाइमा
काठमाडौं : संवैधानिक इजलासबाट हरिकृष्ण कार्कीले बाहिरिने निर्णय गरेपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले गठन गर्ने संवैधानिक इजलासमा को सहभागी गराउलान भन्ने चासो थियो । यही चासोका बीच प्रधान न्यायाधीश राणाले न्यायाधीशहरुको वरियतामा १० औँ नम्बर रहेकी सपना प्रधान मल्ललाई सहभागी गराएका छन् ।
त्यसोत प्रधान न्यायाधीश राणाले वरियतामा अगाडि रहेकालाई पाखा लगाएको यो पहिलो पटक भने होइन् । अघिल्लो पटक संवैधानिक इजलास गठन गर्दा नै ११ औँ नम्बर रहेका न्यायाधीश तेजबहादुर केसीलाई सहभागी गराएका थिए ।
सर्वोच्च अदालतको वर्णानुक्रम अनुसार प्रधान न्यायाधीश राणापछि दोस्रो वरियतामा न्यायाधीश दिपककुमार कार्की छन् । त्यसपछि क्रमश: मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल रहेका छन् । तर प्रधान न्यायाधीश राणाले दिपकुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतलाई छाडेर प्रधान न्यायाधीशले अन्य न्यायाधीशलाई इजलाशमा सहभागी गराए ।
संवैधानिक ज्ञाताका हिसाबले न्यायाधीश डा. आनन्दमोहन भट्टराई र खतिवडा काबिल मानिन्छन् । राष्ट्रिय सभामा नेकपा नेता वामदेव गौतमको योग्यता सम्बन्धमा पनि खतिवडाले फरक मत राख्दै संविधानको लामो व्याख्या गरेका थिए ।
अघिल्लो पटक कानून व्यवसायीले इजलासमै न्यायाधीश कार्की प्रधानमन्त्री केपी शर्मा ओलीको महान्यायाधिवक्ता भइसकेको हुँदा उनको नैतिकतामा प्रश्न उठाएका थिए । त्यसपछि कार्की स्वयंले इजलासमा नरहने घोषणा गरेका थिए । कार्की २०७२ मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनका महान्यायाधिवक्ता थिए । स्मरण रहोस् मल्ल पूर्व नेकपा एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्य भएकी थिइन् ।
र, यो पनि
- संवैधानिक इजलास : कार्कीको ठाउँमा न्यायाधीश सपना मल्ल
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया