अदालत

संवैधानिक इजलासमा बहस जारी

संवैधानिक इजलासमै उठ्यो ‘प्रधानमन्त्री र न्यायाधीशले भेटेको' भन्दै प्रश्‍न

इकागज |
माघ २, २०७७ शुक्रबार १६:४० बजे

काठमाडौं : प्रतिनिधि सभा विघटन सम्बन्धी संवैधानिक इजलास चलिरहेकै बेला संवैधानिक इजलासमा रहेको चार जना न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्दै इजलासमै प्रश्‍न उठेको छ । विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा शशी श्रेष्ठले यसबारे प्रश्‍न उठाएकी हुन् ।

रिट निवेदकको तर्फबाट बोलेकी उनले पुस २६ गते न्यायाधीश दिपक कार्की र मीरा खड्काले प्रधानमन्त्री ओलीलाई भेटेको सुन्‍नमा आएको बताइन् । यस्तै पुस २७ गते न्यायाधीशद्धय हरिकृष्ण कार्की र सपना मल्ल प्रधानले प्रधानमन्त्रीलाई भेटेको उनले बताइन् ।


याे पनि 

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले सर्वोच्चमा पठाएको फाइल गायब

 


Author

थप समाचार
x