अदालत

हेटाैँडा अस्पताललाई प्रतिष्ठानबाट अलग नगर्न सर्वोच्चको आदेश

इकागज |
बैशाख २८, २०७९ बुधबार २०:३७ बजे

मकवानपुर । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट अलग नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बागमती प्रदेश सरकारले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट अलग गरेर चितवन सार्ने निर्णय गरेको थियो । सर्वाेच्चका संवैधानिक इजलाशले आज यस्ताे आदेश गरेकाे हाे । न्यायाधीश दिपक कुमार कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्कीकाे संयुक्त इजलाशले प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग गर्नुका कारणसहित उपस्थित हुन बागमती प्रदेश सरकारलाई आदेश दिएकाे छ ।


सरकारले अध्यादेश मार्फत अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने निर्णय गरेकाे थियाे । मन्त्री परिषदका निर्णय उपर प्रतिष्ठानले सर्वाेच्चमा उत्प्रेषण  परमादेशका रिट दायर गरेकाे थियाे । प्रचलित संघीय कानुनसँग बाझिने गरि बागमती प्रदेश सरकारले अध्यादेश जारी गरेकाे भन्दै रिट दायर भएकाे हाे।

अघिल्ला सरकारकाे गाैरवका याेजना निष्प्रभावी पार्दै आएकाे राजेन्द्र पाण्डे नेतृत्वकाे सरकारले मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई कमजाेर बनाउने नियत राखेर ऐन संसाेधन गरेकाे भन्दै आलाेचना भएकाे थियाे । 

हेटौंडा अस्पताललाई रिफर सेन्टरकै अवस्थामा फर्काउन लागेको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् । 


Author

थप समाचार
x