कोभिड-१९

थप १२ जनामा कोभिड पुष्टि

इकागज |
जेठ ३१, २०७९ मंगलबार १६:४७ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परिक्षणका क्रममा ७ जना र ८ सय ६८ एन्टिजेन परीक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ३३ जना निको भएका छन् । 

हाल नेपालमा ९३ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x