कोभिड-१९

थप ४० जनामा कोभिड संक्रमण

इकागज |
असार २०, २०७९ सोमबार १७:४३ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप ४० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ८ सय ४७ पिसिआर परिक्षणका क्रममा ३४ जना र १ हजार १ सय ६३ एन्टिजेन परिक्षणका क्रममा ६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । 


सोमबार पनि कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप १९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ३५ जना निको भएका छन् । 

हाल नेपालमा ३ सय ४८ सक्रिय संक्रमित आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x