कोभिड-१९

थप ३ सय ५७ जनामा कोभिड संक्रमण

इकागज |
साउन ३, २०७९ मंगलबार १६:२ बजे

काठमाडौँ- नेपालमा थप ३ सय ५७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ५७ पिसिआर परीक्षणका क्रममा २ सय ६८ जना र १ हजार ५ सय एन्टिजेन परीक्षणका क्रममा ८९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिडका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन ।


त्यस्तै थप ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार १ सय २६ जना निको भएका छन् । हाल नेपालमा १ हजार ९ सय ८२ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x