कोभिड-१९

देशभर काेभिडबाट दुईको मृत्यु, थपिए ५७७ संक्रमित

इकागज |
साउन १३, २०७९ शुक्रबार १६:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- कोभिड-१९ संक्रमणका कारण शुक्रबार २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ११ हजार ९६४ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा देशभर ५७७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार  ४ हजार २८२ जनाको परीक्षण गरिएको थियो ।


त्यस्तै, २६९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म मुलुकभरबाट ९ लाख ६९ हजार ४८८ जना संक्रमणमुक्त भइसकेका छन् ।

देशभर सक्रिय संक्रमित ४ हजार ३५६ जना छन् । आज मात्र २८ हजार २५६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।


Author

थप समाचार
x