विश्व

बर्खास्त गरिएका एयर इन्डिया एक्सप्रेसका २५ कर्मचारीको पुनर्बहाली

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १२:६ बजे

काठमाडौँ- गत मंगलबार र बुधबार बिरामी परेको बताएपछि बर्खास्त गरिएका एयर इन्डिया एक्सप्रेसका २५ क्याबिन क्रु सदस्यलाई पुनर्बहाली गरिएको छ ।

एयर इन्डिया एक्सप्रेसका कर्मचारी सङ्गठनबीच मुख्य श्रम आयुक्त (सीएलसी) को कार्यालयमा भएको बैठकपछि बिहीबार उनीहरुलाई पुनर्बहाली गरिएको आईएएनएसले जनाएको हो ।


रोजगार सुरक्षा, तलब संरक्षण, वरिष्ठता र विशेषज्ञताको मान्यताको आश्वासनको बाबजुद एयर एसियाबाट एयर इण्डिया एक्सप्रेसमा आउँदा ती प्रतिबद्धताहरू लागू नभएको भन्दै मंगलबारदेखि क्याबिन क्रुका २ सयभन्दा बढी सदस्यहरू सामूहिक बिरामी बिदामा गएका हुन् ।

त्यसपछि बिहीबार नै दिल्ली रिजनल लेबर कमिसनर अशोक पेरुमालाले दुवै समूहलाई छलफलका लागि बोलाएको थियो ।

कर्मचारीहरु सामूहिक बिरामी बिदामा गएपछि बिहीबार नै एयर इन्डिया एक्सप्रेसका ८० भन्दा बढी उडान रद्द गरिएको थियो ।


Author

थप समाचार
x