कोभिड-१९

थप ६ सय २० जनामा कोभिड संक्रमण, एककाे मृत्यु

इकागज |
साउन १५, २०७९ आइतबार १६:३१ बजे

काठमाडौँ- नेपालमा थप ६ सय २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परीक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टिजेन परीक्षणका क्रममा १ सय २४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।


कोभिडका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ९७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ६२ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ५ सय ६७ सक्रिय संक्रमित आइसाेलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x